५ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कालिकोटकी प्रभावशालि तथा युवा नेतृ यसुदा न्यौपाने (पुर्णिामा)माओवादी केन्द्र सह- इञ्चार्ज भएकी छन् ।
न्यौपाने माओवादी केन्द्रकी केन्द्रिय सदस्यसमेत हुन्। माओबादी पार्टी भित्र राम्रो छबि बनाएकी नेतृ हुन् । पछिल्लो समय उनले कर्णाली र कालिकोटको विकास र उन्नति र पार्टीलाई सक्रिय बनाउने अहम भूमिका खेलेकी छन् । यतिमात्र भने र सशक्त दश बर्षीय जनान्दोलनमा पिडितको घाउको मलाम बनेकी छिन् ।
उनी कालिकोटकी प्रभावशालि माहिला नेतृ हुन् । न्यौपाने लामो समय देखि माओवादीमा सक्रिय युवा नेतृ हुन् । उनी अहिले माओवादीलाई कालिकोटमा पहिलो पार्टी बनाउने सोचमा रहेकी छिन् ।
आउने वैशाख ३० मा हुन लागेको स्थानिय तहको निर्वाचनमा कालिकोट जिल्लाको पहिलो पार्टी बनाउने बताएकी छिन । २०७४ सालको चुनावमा पनि माओवादी पहिलो पार्टी नै थियो । ९ वटा स्थानीय क्षेत्र रहेको कालिकोटमा जसमा २ वटा नगरपालिका र ४ गाउँपालिकामा माओवादी जितेको थियो । एक नगरपालिका र २ गाउँपालिकाका एमालेर जितेको थियो भने एक गाउँपालिका कांग्रेसले जितेको थियो ।
न्यौपानेले सह- इञ्चार्ज पद पाए लगतै पार्टीलाई झन् मजबुत बनाउने बताएकी छिन। यो भन्दा अघिला चुनावमा केहि कमि कमजोरी भएका छन् भने पनि उसलाई नै मार्ग दर्शन बनाएर जाने बताएकी छिन् । हामीबाट केहि कमि कमजोरी पनि छन् त्यसलाई सुधारेर अघि बढ्ने समेत उनले बताइन ।
साथै फागुन १५ गते एमसीसी अनुमोदन भएपछि सबैले माओवादी र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रास्ट्रघातीको ट्याग दिएका छन् । यो बिल्कुल गलत बुझेका छन् । गाउँमा यसको गलत प्रचारप्रसार भएको छ । यसैको भ्रम चिर्न अहिले आफु झन् सक्रिय भएको छु । देश बचाउने पार्टी भनेकै माओवादी हो । कसैले पनि भ्रममा नपर्दा हुन्छ । हामीले एमसीसी अनुमोदन गर्दा गल्ति गरेको छौँ भनेर । देशको समृद्धि र देशको हितमा रहेको छ ।
उनी युवाका सपना बोकेका नेतृ हुन् । कालिकोटको विकास र समृद्धिको नारा बोक्ने एक मात्र नेत्री हुन् न्यौपाने। प्रभावशालि नेतृ न्यौपाने माओवादी केन्द्रले जनयुद्धको अवस्था देखि बर्तमान स्थिति सम्मको बलिदान र अहोरात्र खटाइ देश र जनताको लागि परेका छन् । उनले विगत ४ दशक यता कर्णालीका युवा र आशालाग्दा नेतृको रुपमा पनि हेर्ने गरिन्छ । न्यौपाने गाउँपालिका देखि केन्द्र सम्म राजनीति राम्रो छबि बनाएकी युवा नेतृ हुन् ।