समाचार

माओवादी नेता आचार्यको निधन

५ चैत्र २०७८, शनिबार १०:४५
माओवादी नेता आचार्यको निधन

५ चैत, नेपालगञ्ज। नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ ।

उनानसाठी वर्षीय उनको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले बताए । उनका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आउनुभएका आचार्य लामो समयसम्म भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किए ।

स्वास्थ्यमा सुधार भएपछि नेपालगञ्जस्थित घरमै स्वास्थ्य लाभ गरिरहनुभएका उनलाई फेरि बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको थियो । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहनुभएका अचार्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय पनि हुनु पर्ने छ ।

उद्योगमा लोकप्रिय छवि बनाए उन २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नगरप्रमुखको उम्मेदवार पनि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्