समाचार

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न ओली आग्रह

५ चैत्र २०७८, शनिबार ०६:५२
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न ओली आग्रह

५ चैत, काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न आग्रह गरेका छन्।

काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सभापतिसमेत रहेका देउवा, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति ब्यङ्ग्य गरेका हुन्।

‘शेरबहादुर देउवा आफै कांग्रेसमा किन छन् भन्दा बुढा भएर पनि। उनलाई ४००० भत्ता के गर्न छँदैछ। त्यसकारण छन्। नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे,’ ओलीले भने, ‘शेरबहादुरजीलाई म भन्न चाहन्छु कमसेकम जेष्ठ नागरिक हो। तपाई पनि सूर्य चिन्हमा भोट हाल्नुस् अरुले नदेख्ने गरी।’

‘कांग्रेसका नेताहरु, प्रचण्ड एन्ड कम्पनीहरु कसरी जनताबीच उभिएका हुन्, यस्तो हालत हुँदा पनि जनतामाझ गएका छन्,’ उनले भने, ‘हामी भएको भए लाजले घरबाट पनि निस्किदैन्थ्यौ होला।’ माधव नेपालमाथि कटाक्ष गर्दै ओलीले भने, ‘पहिला पहिला श्रीमान् मन नपरे गहना बुझाएर पोइल जाने चलन थियो, माधव नेपालहरूले एमालेको बुलाकी लगाएर अर्को पार्टी खोले तर फिर्ता गरेनन्।

प्रतिक्रिया दिनुहोस्