समाचार

प्रचण्ड आज सिन्धुली जादै

४ चैत्र २०७८, शुक्रबार ०३:२९
प्रचण्ड आज सिन्धुली जादै

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाने भएका छन्।

नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन र एक विद्यालयको भवन उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री देवेन्द्र पौडेल सिन्धुली जाने भएका  हुन्।

कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली आई पुग्ने नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी  दिए।

गजुरेलका अनुसार भवन उद्घाटन पछि सिन्धुलीका उद्योगी व्यापारीसँग अध्यक्ष प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम रहेको छ। आज अपरान्ह ४ बजेपछि सिन्धुली उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीसहित जिल्लाका उद्योगी व्यवसायीहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको गजुरेलले बताए।

प्रतिक्रिया दिनुहोस्