समाचार

एमालेका उपमहासचिव विष्णु रिमालको प्रश्न: चुनावमा जानुअघि पद खाली गर्नुपर्ने किन ?

४ चैत्र २०७८, शुक्रबार ०३:१७
एमालेका उपमहासचिव विष्णु रिमालको प्रश्न: चुनावमा जानुअघि पद खाली गर्नुपर्ने किन ?

४ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहिताप्रति असन्तुष्टि जनाएका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने सर्त व्यवहारिक नभएको भन्दै उनी असन्तुष्टि जनाएका हुन् ।

उनले  लेखेका छन्, प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका ‘प्रधानमन्त्री’ पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरि  जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन? निर्वाचनमा जादा पदको दुरुपयोग नहोस्, सोच्नु पर्ला। तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ?’

निर्वाचन आयोगले कानुनको उल्लंघन गरेकाे पनि रिमालको आरोप छ।  रिमाल थप लेख्छन्, ‘निर्वाचन आयोग- कुनैपनि सेवा अवरुद्ध नहोस भनेर अवधी सकिनु २ महिना अघि चुनाव गर्नुपर्ने कानुनी प्रावधान राख्ने, तर त्यही कानुन बिपरित पद खाली गर्ने प्रावधान आचारसंहितामा किन राख्ने?’

प्रतिक्रिया दिनुहोस्