मनोरञ्जन

पलको बयान : पीडितसँग प्रेम सम्बन्ध थिएन, करणीको आरोप झुट

३ चैत्र २०७८, बिहीबार १५:०६
पलको बयान : पीडितसँग प्रेम सम्बन्ध थिएन, करणीको आरोप झुट

३ चैत, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ ।

नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा बयान दिँदै शाहले करणी गरेको कुरालाई अस्वीकार गरेका हुन् ।

१५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए ।

पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकिएको दुई तीन महिनापछि पीडितले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको  बताएपछि आफूहरूबीच विवाद भएको जाएका छन् ।

पलको बयान यस्तो

नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा प्रतिवादी शाहले आफूले करणी गरेको कुरालाई अस्वीकार गरेका छन्।
पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुको सुटिङ सकिएको दुई तीन महिनापछि पीडीतले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरुबीच विवाद भएको जाएका छन् ।

बिबाद बढ्दा जाँदा ‘तिमी आफ्नो तरिकाले गर भनि बादबिबाद भएको केही समयमा पीडीतको तर्फबाट प्रहरीमा उजुरी परेको’ उल्लेख गरेको बयानमा भनिएको छ ।

रिसोर्टमा आफूले पीडितलाई मादक पदार्थ सवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, ‘म र पीडितबीच प्रेम सम्बन्ध थिएन।’

प्रतिक्रिया दिनुहोस्