समाचार

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

३ चैत्र २०७८, बिहीबार १४:५२
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

३ चैत, गोरखा। बारपाक सुलिकोट गाउँपालिका-३ सौरपानीबाट जुवातास खेलिरहेको अवस्थामा भिमसेन थापा गाउँपालिका५ बस्ने ६० वर्षीय बुद्धि प्रसाद पोख्रेल समेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९० हजार ८४० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्