समाचार

फेरी आकासियो पेट्रोलको मूल्य

२ चैत्र २०७८, बुधबार १५:५०
फेरी आकासियो पेट्रोलको मूल्य

२ चैत काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै  निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको निगमले जनाएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्