जीवनशैली

होसियार ! झुक्किएर पनि गुगलमा यि ५ चिज कहिल्यै सर्च नगर्नुहोस्

९ मंसिर २०७८, बिहीबार १४:४६
होसियार ! झुक्किएर पनि गुगलमा यि ५ चिज कहिल्यै सर्च नगर्नुहोस्

काठमाडौं । अहिलको समयमा हामी कुनै पनि कुराको बारेमा जानकारी लिनका लागि गुगलको प्रयोग गर्दछौं । किनभने हामीले खोज्न चाहेका विषयवस्तु सहजै फेला पार्न सकिन्छ ।

तर अचेल मानिसहरू सबै भन्दा बढी मोबाइल र ल्यापटपमा भुल्छन् । इन्टरनेटको विस्तारसँगै मानिसहरूमा यो लत बसेको हो । एक दुई पटक बेवास्ता गर्न सक्छ तर पटक–पटक सर्च गर्नाले तपाईँलाई प्रहरीले पक्राउ समेत गर्न सक्छ । केही सर्च गर्न नहुने कुराहरू छन् जुन गुगलमा खोज्नुभन्दा सम्बन्धित साइट नै खोलेर हेर्न इन्टरनेट सुरक्षा विदहरुले सुझाव दिएका छन् ।

चाइल्ड पोर्न 
पोर्नलाई लिएर पछिल्लो समय निकै बहस भएको छ । भारत र नेपालमा चाइल्ड पो’र्नसँग सम्बन्धित जानकारी राख्न र बढवा दिन गैर कानुनी हो । यदि तपाई गल्तीले चाइल्ड पो’र्न सर्च गर्नुहुन्छ भने पनि सावधान हुनुहोस् ।

निजी ईमेल गुगलमा सर्च नगर्नुहोस्
आफ्नो निजी ईमेल लगईनका लागि गुगल सर्च गर्नुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । यसो गर्दा तपाईंको अकाउन्ट नै ह्याक हुन सक्ने जोखिम हुन्छ । यसबाट तपाईंको ईमेलबाट स्क्याम हुन सक्दछ र तपाईं कानूनी झन्झटमा पर्न सक्नुहुन्छ ।

आफ्नो ब्याक्तीगत बिवरण नखाेज्नुस
गुगल सर्चमा हर सुविधा उपलब्ध हुन्छ हामिले चाहेकाे कुराहरू सजिलै खाेजीगरी त्यसकाे बिषयमा बिविध ज्ञान लिन सक्छाै तर गुगलमा आफ्नै बायाेडाटा बारे सर्च नगर्नुस किनकी गुगलसंग तपाइकाे सम्पुर्ण बिवरण हुन्छ यदी त्याे बिवरण तपाइले हेर्दा कारणवस लिक हुन सक्छ र कसैले तपाइकाे नाममा रहेकाे आइडीको दुरूपयाेग गरी तपाइलार्इ जेलकाे हावा खुवाउन सक्छ ।

डिस्काउण्ट कुपन कोड
यदि सपिङ साइट या ऐपमा तपाईंले डिस्काउण्ड कुपन कोड पाइरहनु भएको छ भने त्यो राम्रो हो । तर यस्तो कोड खोज्न गुगलको सहायता लिनु घातक हुन सक्छ । दर्जनौँ नक्कली साइटहरुमा तपाईंले यस्ता नक्कली कुपन कोडहरु पाइन सक्नु हुनेछ । यसबाट तपाईंको बैंकसम्बन्धी सम्पूर्ण जानकारी स्क्यामर कहाँ पुग्न सक्छ ।

औषधि किनबेच :
गुगल प्ले स्टोरमा धेरै यस्ता मोबाइल एप्प छन् जसबाट तपाई औषधि किन्न सक्नुहुनेछ । तर त्यसको लागि तपाईँले डाक्टरको प्रिस्क्रिप्सन देखाउन अनिवार्य छ । यदि कुनै डाक्टरको स्वीकृतिविना नै औषधि किन्दै हुनुहुन्छ भने तपाई समस्यामा पर्न सक्नुहुनेछ । अनुसन्धान एजेन्सीहरू ती मानिसहरूमाथि पनि मूल्याङ्कन गर्छन् । जसले गुगलबाट ओषधि किन्छन् ।

प्रतिक्रिया दिनुहोस्