मनोरञ्जन

पल शाहलाई आखिर किन ल्याइयो फेरी दमौली

१ चैत्र २०७८, मंगलवार ११:४१
पल शाहलाई आखिर किन ल्याइयो फेरी दमौली

१ चैत, नवलपरासी । नाबालिक गायिका बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली ल्याइएको छ

जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको डिएसपी दिलीप गिरीले जानकारी दिए। किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको थियो । करिब एक हप्तापछि गैंडाकोटको बयान सकेर पललाई फेरि  दमौली ल्याइएको छ ।

नाबालिक गायिकाले फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी थिइन् ।  तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ।

प्रतिक्रिया दिनुहोस्