समाचार

एमाले सचिवालय बैठक बालकोटमा सुरु

१ चैत्र २०७८, मंगलवार ११:२२
एमाले सचिवालय बैठक बालकोटमा सुरु

१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको हो ।

सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनावी रणनीति बनाउन एमालेले केन्द्रीय कमिटी र स्थायी कमिटी र पोलिटब्युरो बैठक बोलाउने तयारी गरेको छ ।

त्यस्तै, पार्टी प्रवेशको अभियान कसरी व्यवस्थित गर्ने भन्नेमा छलफल हुने र चुनावी घोषणा पत्रको जिम्मा दिइने बताइएको छ। ७ गते बस्ने पोलिटब्युरो र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीका लागि समेत बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस्