अर्थ / वाणिज्य

एक हप्तापछि सुनको मूल्य ह्वात्तै घट्यो

१ चैत्र २०७८, मंगलवार ०५:४३
एक हप्तापछि सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा  घटेको छ ।

सोमबार प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ मंगलबार एक हजार ८ सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँको दरले घटेको छ  । सोमबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३८० रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्