समाचार

एउटै गाउँका २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१ चैत्र २०७८, मंगलवार ०४:४०
एउटै गाउँका २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१ चैत, काठमाडौं। स्कुलको जग्गा व्यक्तिलाई दिलाएको आरोपमा प्राधानाध्यापकसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो।

जग्गा बिक्रीमा संलग्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा स्थानीयविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा २७ वर्षअघि मिलेमतोमा बिक्री भएको थियो ।

विद्यालय व्यवस्थापन समितिको बैठकले २०५१ वैशाख ११ गते निर्णय गरेर साविक ढोरफिर्दी गाविसमा रहेको सरकारी/सार्वजनिक जग्गालाई घरसारको कागजहरू बनाई आफैंले घडेरी नम्बर कायम गरेर गैरकानूनी रूपमा भोगचलन गर्ने गराएको तथा बिक्री वितरण गरेको कुरा अख्तियारले गरेको अनुसन्धानबाट खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्