समाचार

केपी ओलीले बोलाए सचिवालयको बैठक

१ चैत्र २०७८, मंगलवार ०३:१३
केपी ओलीले बोलाए सचिवालयको बैठक

१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने सचिवालयले जनाएकाे छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललका अनुसार बैठकमा समसामयिक परिस्थिति र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल हुने छ ।

यस्तै पार्टीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका आसन्न बैठकहरूको तयारीलगायतका विषयमा छलफल हुने रिजालले बताए । चैतको दोस्रो सातासम्म तीन वटै बैठक बसेर स्थानीय तहको तयारी अगाडि बढाउने एमालेको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्