राजनीति

गठबन्धनका उम्मेदवारलाई हराउँदै अध्यक्षमा एमालेका वम विजयी

१ चैत्र २०७८, मंगलवार ०२:२१
गठबन्धनका उम्मेदवारलाई हराउँदै अध्यक्षमा एमालेका वम विजयी

१ चैत, कैलाली। धनगढीमा मुख्य कार्यलय रहेको नवजीवन सहकारी संस्था लिमिटेडको अध्यक्षमा देवबहादुर बम विजयी भएका छन् ।

 गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रतन बहादुर कठयतलाई १३०८ मतले हराउँदै वम निर्वाचित भएका हुन् । वमले ८३९१ मत पाउँदा कठायतले ७०८३मत पाएका थिए ।त्यस्तै, सहकारीको उपाध्यक्षमा ७ हजार ३२९ मतका साथ चेतराज ओझा विजयी भए ।

उपाध्यक्षका प्रत्यासी भरतराज जोशीले ६ हजार ८२७ मत प्राप्त ग । यसैगरी सदस्यहरूमा इन्दिरा जैसी (८३११), उत्तम जोशी (६९२४), गोपालराज पाठक (६८५७), केशवराज मिश्र (६७८०), डा. महेशराज विष्ट (६६३०), घनबहादुर शाह (६६११), उपेन्द्र विष्ट (६४७७), शिवकुमार जोशी फुलारा (६३६४), गणेश बम (६१७२), जयराज जोशी (६१०२) र बिश्वनाथ ओझा (६०१५) मतका साथ विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा. लोकबहादुर विष्टले जानकारी दिए ।

वली एमाले प्यानलकि उम्मेदवार हुन् भने बिक गठबन्धन प्यानलकि उम्मेदवार हुन् । सञ्चालक समिति सदस्यमा मिश्रित नतिजा आएको छ । एमालेको तर्फबाट इन्दिरा जैसी , गोपाल पाठक, घनबहादुर शाह, डा। महेशराज विष्ट, विश्वनाथ ओझा
शिव कुमार जोशी विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उत्तम जोशी, उपेन्द्र विष्ट, केशवराज मिश्र, गणेश बम, जयराज जोशी विजयी भएका छन् । गठबन्धनबाट विजयी हुने धेरैजसो काङ्ग्रेसनिकट हुन् । पराजित हुने माओवादी तथ नेकपा एसनिकट छन् ।

प्रतिक्रिया दिनुहोस्