मनोरञ्जन

प्रकाशको ‘पिर’ युट्युवबाट हटाउने माओ‌वादी विद्यार्थी नेताको पंचा सिंह धम्की, प्रकाश भन्छन अर्कै दृष्टिकोण समेटौला

३० फाल्गुन २०७८, सोमबार १६:१८
प्रकाशको ‘पिर’ युट्युवबाट हटाउने माओ‌वादी विद्यार्थी नेताको पंचा सिंह धम्की, प्रकाश भन्छन अर्कै दृष्टिकोण समेटौला

काठमाडौँ। पछिल्लो समय निकै चर्चा बटुल्न सफल गायक हुन्- प्रकाश सपुत । शुक्रबार उनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ  । उक्त गीत सार्वजनिक हुने बितिकै बिबादमा तानिएको छ ।

उनले दश बर्ष जनआन्दोलनको कथा, पिडा, दुख, कष्ठ आधारित रहेर उनले ‘ पिर’ गीत बजारमा ल्याएका छन् । नेकपा (माओवादी केन्द्र) निकट भात्री सङ्गठन विद्यार्थी नेताले उनलाई युट्युवबाट हटाउने माग गरेका छन् । भिडियोका दृश्यका कारण यतिबेला सामाजिक सञ्जाल दुई खेमामा बाँडिएका छन्। माओवादी नेता-कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गर्दै गर्दा आम सामाजिक सञ्जालकर्ताहरुले भने प्रकाश सपुतको समर्थन गरेका छन्। उनीहरुले माओवादी नेता कार्यकर्तामाथि जाइलागेका छन्।

तर नेकपा माओवादी केन्द्रका अध्यक्षले कोही उत्तेजित हुनु पर्दैन बताएका छन् । धनगढीस्थित गेटा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले माओवादी ‘जनयुद्ध’ का क्रममा राम्रो भयो र नराम्रो भयो भन्ने दुबैपक्ष रहेको बताए।  ‘यो विषयमा मेरो विचारमा अहिले उत्तेजित हुनु पर्ने छैन’ प्रचण्डले भने, ‘तर्क वितर्क हुन्छ। पक्ष विपक्ष हुन्छ। त्यसलाई सहज, स्वभाविक रुपमा लिनु पर्छ।’ तर, गीत आफूले पूरै हेर्न नपाएको प्रचण्डले बताए। ‘मैले त्यो पुरै गीत हेर्न पाएको पनि छैन, मेरो विचारमा अहिले हामी कोही उत्तेजित हुनुपर्ने छैन,’ प्रचण्डले भने, ‘तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन्, त्यसलाई सहज र स्वभाविक रूपले लिनुपर्छ।’ ‘म कतार वा मलेसियामा जाँदा होस् । सयौंका सयौं संख्यामा त्यहाँ दु:खपूर्ण जीवन बिताएका लडाकुहरूलाई भेटेँ’, प्रचण्डले भने, ‘उहाँहरूले मलाई भन्नुहुन्थ्यो- कमरेड तपाईंलाई अप्ठ्यारो पर्‍यो भने भन्नुस् है हामी जस्तोसुकै त्याग गर्न तयार छौं हामी बिग्रेका छैनौं विचलित भएका छैनौं ।’

भात्री सङ्गठनले उनलाई सामाजिक संजालमार्फत स्टाटस लेख्दै युट्युवबाट हटाउने माग गरेका छन् नत्र राम्रो हुने छैन भने उनका नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले धम्कीसमेत दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा संहभन्छिन ‘ यस गीतले जनान्दोलन होमिएकी महिला शरीर बच्दै हिडेकी भन्न खोक्जिएको छ । यस गीतमा जनान्दोलन होमिएकी महिलाको चरित्र हत्या गर्न खोजिएको छ । यो गीत तु युट्युबबाट हटाउने उनले पनि माग गरेकी छिन् ।

सिंह आफ्नो फेसबुकमा  स्टाटस लेख्दै यस्तो भन्छिन

महान जनयुद्धको कारण केही थान मन्त्रीहरु, माननियहरु र टाठा बाठाहरुकाे जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताकाे व्यस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पुर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताकाे ब्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।कतिपय प्रयत्न हरु सफल हुन सकेका छैनन् । व्यस्थापनमा केही नभएको भन्ने पनि हाेेइन विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन तर ब्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएकाे भन्ने सन्देश दिने गरि प्रकाश सपूत जि ले युटुवमा अपलाेड गरिएको पिर नामक भिडियाे आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेकाे राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागीता सुनिश्चित भएकाे कुरा प्रकाश जि तपाईंलाई बुझाईरहन पर्ने हाे । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भाेगेकाे जातिय विभेद बिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयाे । तिनै दिदिबहिनीहरु माथि अपमान हुने गरि बनाइएकाे तपाईंको पिर नामक भिडियाे सार्वजनिक माफि मागेर तत्काल युटुवबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।

गायक प्रकाश सपुत लेख्छन्

गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौला । अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतीकात्मक रुपमा राखिएका यस्ता दृष्यहरूले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म  फेरि आत्मालोचना गर्छु ।  यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु।  माफि मागेको छु । अब यस्ता पात्रहरू छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना- मदन छन् कि छैनन्?  सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगवीर र सकम्बरी कहाँ होलान ?  कहाँ होला घु्म्ने मेच माथि बसेको  अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अक्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ ।

भिडियोमा देखिएका पात्रहरू जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा  मैले  यति धेरै फाइदा उठाएको छु भने उनीहरूको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युध्द – आन्दोलन – गणतन्त्र – स्वतन्त्रताको अपमान हुने हो कि?  म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ  । म सर्जक हुँ,   सिर्जना  नै मेरो बिचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन ! मैले कसैसँग पनि यो विषयमा सहयोग- सल्लाह लिएको छैन ! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं  तर यसलाई राजनीतिकरण नगर्न सबैसँग  अनुरोध गर्दछु ! मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु !  

प्रतिक्रिया दिनुहोस्