समाचार

भीम रावलप्रति प्रधानमन्त्रीको कडा आक्रोश: आफु रक्षामन्त्री हुँदा एमसीसी पेस गर्दा टाउको दुखेको थियो ?

३० फाल्गुन २०७८, सोमबार ११:४४
भीम रावलप्रति प्रधानमन्त्रीको कडा आक्रोश: आफु रक्षामन्त्री हुँदा एमसीसी पेस गर्दा टाउको दुखेको थियो ?

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता डा. भीम रावललाई एमसीसीबारे गरेको टिका टिप्पणीबारे आक्रोश व्यक्त गरेका छन् ।

आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा पुगेका देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पेस गरेको प्रस्ताव नै पास भएको जिकिर गर्दै त्यतिबेलाका रक्षामन्त्री रावलले ‘किन राजीनामा नदिएको’ भनी प्रश्न गरे ।

आफ्नै दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला संसदमा पेस गर्दा चुप बसेको प्रति कटाक्ष गर्दै प्रधानमन्त्री देउवाले भने, ‘केपी ओलीले पेस गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन ? एमसीसी खराब थियो भने त्यतिबेला मन्त्रीबाट राजीनामा किन नदिएको ? कि दिमाग फुस्किएको थियो ?’

रावलले एमसीसीको विरोध गर्नु औचित्यहीन र नैतिकताले पनि नदिने बताए । पदमा बसेको बेलामा चुप लाग्ने र अहिले चर्को कुरा गरिरहेको भन्दै रावलको आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्