समाचार

बन्चरो प्रहार गरेर श्रीमानको हत्या, श्रीमती पक्राउ

३० फाल्गुन २०७८, सोमबार ०८:२५
बन्चरो प्रहार गरेर श्रीमानको हत्या, श्रीमती पक्राउ

३० फागुन, काठमाडौं । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।

 ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा उनकी पत्नी ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा चमन सिंह गम्भीर घाइते भएका थिए । उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्