समाचार

प्रकाश सपूतको गीतमा मुख खोल्दै प्रचण्डले भने- कोही उत्तेजित हुनु पर्दैन

३० फाल्गुन २०७८, सोमबार ०५:२७
प्रकाश सपूतको गीतमा मुख खोल्दै प्रचण्डले भने- कोही उत्तेजित हुनु पर्दैन

३० फागुन, काठमाडौं । माओवादी केन्द्रका नेता कार्यकर्ता र विभिन्न संगठनहरुले प्रकाश सपूतको ‘पिर’ प्रति आक्रोश व्यक्त गरिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्तेजित कोही हुनु आवश्यक नभएको बताएका छन् ।

धनगढीस्थित गेटा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले माओवादी ‘जनयुद्ध’ का क्रममा राम्रो भयो र नराम्रो भयो भन्ने दुबैपक्ष रहेको बताए।  ‘यो विषयमा मेरो विचारमा अहिले उत्तेजित हुनु पर्ने छैन’ प्रचण्डले भने, ‘तर्क वितर्क हुन्छ। पक्ष विपक्ष हुन्छ। त्यसलाई सहज, स्वभाविक रुपमा लिनु पर्छ।’ तर, गीत आफूले पूरै हेर्न नपाएको प्रचण्डले बताए।

‘मैले त्यो पुरै गीत हेर्न पाएको पनि छैन, मेरो विचारमा अहिले हामी कोही उत्तेजित हुनुपर्ने छैन,’ प्रचण्डले भने, ‘तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन्, त्यसलाई सहज र स्वभाविक रूपले लिनुपर्छ।’ ‘म कतार वा मलेसियामा जाँदा होस् । सयौंका सयौं संख्यामा त्यहाँ दु:खपूर्ण जीवन बिताएका लडाकुहरूलाई भेटेँ’, प्रचण्डले भने, ‘उहाँहरूले मलाई भन्नुहुन्थ्यो- कमरेड तपाईंलाई अप्ठ्यारो पर्‍यो भने भन्नुस् है हामी जस्तोसुकै त्याग गर्न तयार छौं हामी बिग्रेका छैनौं विचलित भएका छैनौं ।’

प्रतिक्रिया दिनुहोस्