समाचार

कांग्रेसको सभापतिमा राजेश राय यादव विजयी

३० फाल्गुन २०७८, सोमबार ०३:०४
कांग्रेसको सभापतिमा राजेश राय यादव विजयी

३० फागुन, काठमाडौं । नेपाली कांग्रेस बाराको सभापतिमा राजेशराय यादव निर्वाचित भएका छन्।  विजयी यादवले १२ सय ६ मत पाउँदा प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले ११ सय ५४ मत पाए।

सोमबार बिहान सकिएको मतगणनाको नतिजा अनुसार प्रतिस्पर्धी शम्भुबहादुर बुढाथोकीलाइ ५२ मत अन्तरले पराजित गर्दै यादव सभापतिमा विजयी भएका हुन्।

जिल्ला सभापति चयनका लागि आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा यादवले १ हजार २ सय ६ मत पाएका हुन्। बुढाथोकीले भने १ हजार १ सय ५४ मत मात्रै पाए।

No description available.

 

प्रतिक्रिया दिनुहोस्