समाचार

प्रकाश सपुतको गीतमा माओवादीका पाँच भातृ संगठनको आपत्ति

२९ फाल्गुन २०७८, आईतवार १६:३८
प्रकाश सपुतको गीतमा माओवादीका पाँच भातृ संगठनको आपत्ति

२९ फागुन, काठमाडौँ।  नेकपा (माओवादी केन्द्र) निकटका भातृ संगठनहरुले हालै सार्वजनिक भएको गायक प्रकाश सपुतको गीत पीरले जनयुद्धलाई विद्रुपीकरण गर्न खोजेको आरोप लगाएका छन्।

गीतले जनयुद्धमा जनमुक्ति सेनाले गरेको योगदानको अपमान गरेको समेत विज्ञप्तिमा जनाइएको छ। भातृ संगठनहरुले उक्त गीत युट्युबबाट हटाउन समेत माग गरेका छन्।

प्रेस सेन्टर नेपाल, जनसांस्कृतिक महासंघ, अखिल नेपाल महिला संघ, जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघले संयुक्त वक्तव्य निकालेर गीतलाई राजनीतिक पूर्वाग्रह भनेका छन्। भिडिओमा देखाइएका विषयहरु भ्रामक भएको समेत जिकिर गरिएको छ।

विज्ञप्तिमा गीत हटाइ जनतासामु माफी माग्न चेतावनी दिइएको छ।

 


प्रतिक्रिया दिनुहोस्