समाचार

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आगामी चैत २० गते सुनुवाइ

२९ फाल्गुन २०७८, आईतवार १५:५६
माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आगामी चैत २० गते सुनुवाइ

२९ फागुन, काठमाडौं । सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आगामी चैत २० गते हुने भएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले आज उक्त मुद्दाको सुनुवाइ आगामी चैत २० गतेदेखि गर्ने निर्णय गरेको हो । आदेशमा भनिएको छ, “यसमा लिखित जवाफ परिसकेको देखिएकाले र निवेदकबाट उठाइएका संवैधानिक तथा कानूनी प्रश्नहरुको निरुपण छिटोछरितो रूपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिव देखिएको हुँदा मिति २०७८/१२/२० गते आइतबार पेसी तोकी पूर्ण सुनुवाइका लागि नियमअनुसार पेस गर्नू ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेको उल्लेख गर्दै नेपालसहित १४ जना सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्