समाचार

गिरिजा कोइरालालाई राष्ट्रपति नबनाएर महिले आफ्नो खुट्टामा आफै बन्चरो हाने- प्रचण्ड

२९ फाल्गुन २०७८, आईतवार १३:२९
गिरिजा कोइरालालाई राष्ट्रपति नबनाएर महिले आफ्नो खुट्टामा आफै बन्चरो हाने- प्रचण्ड

२९ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूले गम्भीर गल्ती गरेको स्वीकार गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजालाई राष्ट्रपति नबनाएर आफूले गम्भीर गल्ती गरेको बताएका हुन् । पहिलो संविधानसभामा ठूलो पार्टीका रूपमा स्थापित भएपछि आफ्नो भुइँमा खुट्टै नभएको पनि उनले कार्यकर्तामाझ स्वीकारे ।

‘गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो, उनीले राष्ट्रपति बन्न खोज्दा दिइएन । खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । अहिले फर्केर हेर्दा अनौठो लाग्छ’ उनले भने ।

प्रचण्डले ०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेस केन्द्रित दलका नेता बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्षका लागि एकलौटी प्रधानमन्त्री बन्न आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्