मनोरञ्जन

बाबुराम भन्छन्- प्रकाश सपुतको गीतले अपूर्ण क्रान्तिको पिडा दर्शाएको छ

२९ फाल्गुन २०७८, आईतवार १३:०८
बाबुराम भन्छन्- प्रकाश सपुतको गीतले अपूर्ण क्रान्तिको पिडा दर्शाएको छ

२९ फागुन, काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ गीतमा टिप्पणी गर्दै समर्थन गरेका छन्। उनको नयाँ पिर बोलको गीत विवादमा तानिएपछि भट्टराईले सपसतको समर्थन गरेका हुन् ।

शुक्रबार युट्युबमा रिलिज गरिएको पिर शिर्षकको गीतमा माओवादी जनयुद्धपछि युद्ध लडेका लडाकुको जीवन र उनीहरुले भोगिरहेको पिडा देखाइएको छ । सपुतको सो गीतमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले आपत्ति जनाएका छन् । उनीहरुले सामाजिक संजालमा प्रकाश सपुतले सो गीत तुरुन्त हटाउन चेतावनी पनि दिइरहेका छन् ।

त्यसपछिको उनको अर्को ट्विटमा लेखिएको छ, ‘‘तथ्यबाट सत्य खोज’मार्क्सेली चिन्तनपद्धतिले भन्छ।अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु- महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन्। हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् ! तीतो सत्य स्वीकारौंस समाधान खोजौंस प्रकाश सपुतलाई नसरापौं !’

प्रतिक्रिया दिनुहोस्