समाचार

कांग्रेसको सभापतिमा पजियार निर्वाचित

२८ फाल्गुन २०७८, शनिबार ०२:५३
कांग्रेसको सभापतिमा पजियार निर्वाचित

२८ फागुन, धनुषा। नेपाली कांग्रेस धनुषाको सभापतिमा विमलेन्द्र निधि पक्षका उम्मेदवार योगेन्द्र पजियार निर्वाचित भएका छन् ।

शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार विजयी भएका हुन् । पजियार नेता विमलेन्द्र निधि निकटका हुन् ।

दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेकोमा योगेन्द्रले १ हजार ७३५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत ल्याएका थिए ।

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये सबभन्दा धेरै मत पजियारले नै ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्