समाचार

प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव आइतबारदेखि छलफल हुने

२७ फाल्गुन २०७८, शुक्रबार १०:३९
प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव आइतबारदेखि छलफल हुने

काठमाडौं: प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि प्रतिनिधिसभाको आइतबारको बैठकमा छलफल हुने भएको छ।

पर्सि आइतबार २९ गते आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।  संसद्को सम्भावित कार्यसूचीअनुसार बैठकमा चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण हुने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्