समाचार

युट्युबलाई नियन्त्रण होइन, व्यवस्थित गर्न खोजिएको होः सञ्‍चार मन्त्री कार्की

२७ फाल्गुन २०७८, शुक्रबार १०:०३
युट्युबलाई नियन्त्रण होइन, व्यवस्थित गर्न खोजिएको होः सञ्‍चार मन्त्री कार्की

२७ फागुन, काठमाडौं। सरकारका प्रवक्ता तथा सूचना एवं सञ्‍चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युवलाई व्यवस्थित गर्न खोजिएको बताएका छन्।

शुक्रबार मन्त्रिरिषदका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताए।‘यसलाई नियन्त्रण गर्न होइन युवा नियमन र व्यवस्थित गर्नका निमित्त यो नियम कार्यन्वयन गर्छौं,’ सरकारका प्रवक्ता समेत रहेका कार्कीले भने, ‘यो नियम लागू भएपछि अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित र समृद्ध बनाउन सहयोग गर्ने छ ।’

आज मन्त्रिपरिषद् निर्णयहरू सार्वजनिक गर्ने क्रममा उनले भने, ” दक्षिण एशियामा हामी नेपाललाई अग्रणी मुलुकका रूपमा स्थापति गर्न खोज्दै छौं। संविधानले अभिव्यक्ति स्वतन्त्रताको जुन परिकल्पना गरेको छ त्यसलाई अझ व्यवस्थित गराउने उद्देश्यले हामीले युट्युबमा यी कुराहरू लागू गर्ने दिशामा सरकारले पाइला चालेको छ।”

प्रतिक्रिया दिनुहोस्