समाचार

एमसीसी पास हुँदैमा अमेरिकी सेना नेपाल आउँदैन, भ्रममा नपरौं : गृहमन्त्री खाण

२७ फाल्गुन २०७८, शुक्रबार ०९:३४
एमसीसी पास हुँदैमा अमेरिकी सेना नेपाल आउँदैन, भ्रममा नपरौं : गृहमन्त्री खाण

२७ फागुन, काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सैन्य सम्झौता नभएको बताएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले एमसीसी राजनीतिक र प्रशासनिक समझौता पनि नभएको स्पष्ट पारे । ‘एमसीसी नेपाल सरकारसँग सहमति भएर अघि बढेको हो। यो कुनै सैन्य सम्झौता होइन’, गृहमन्त्री खाँणले भने, ‘राजनीतिक र प्रशासनिक सम्झौता पनि होइन। यो सम्झौता विकास साझेदारीको हो।’

उनले नेपालको गरिबी निवारण, नेपालमा आर्थिक गतिविधि बढाउन, भौतिक पूर्वाधार निर्माणमा तीव्रता ल्याउने तथा सडक विस्तार, विद्युतको ट्रान्समिसन लाइन तानेर जनताको घर दैलोमा पुर्याउन, बढी भएका विद्युतलाई छिमेकी मुलुकमा पु¥याएर बिक्री गरी मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन एमसीसीले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्