समाचार

अन्तिम दिन बढ्यो सुनको मूल्य

२७ फाल्गुन २०७८, शुक्रबार ०६:०६
अन्तिम दिन बढ्यो सुनको मूल्य

२७ फागुन, काठमाडौँ। नेपाली बजारमा  सुनको मूल्आय निरन्जतर उकालो लागेको छ । आज हप्ताको अन्तिम सुनको मूल्य ६ सयले बढेको छ ।

बिहिबार प्रतितोला एक लाख २ हजार रुपैयाँ कायम भएको छापावाल सुनको भाउ शुक्रबार ६ सयले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख २ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँको दरले बढेको छ  । बिहिबार एक हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्