समाचार

एमसीसीलाई आफूहरूले गरेको बुद्धिमतापूर्ण निर्णयले गरेर गठबन्धन जोगियो- प्रचण्ड

२७ फाल्गुन २०७८, शुक्रबार ०५:३५
एमसीसीलाई आफूहरूले गरेको बुद्धिमतापूर्ण निर्णयले गरेर गठबन्धन जोगियो- प्रचण्ड

२७ फागुन, सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी परियोजनाका विषयमा आफूहरूले गरेको बुद्धिमतापूर्ण निर्णयले अहिलेको सत्तारूढ गठबन्धन जोगिएको बताएका छन्।

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका उनले एमसीसी पास भएपछि गठबन्धनमा कुनै खटन पटन नभएको बताए।

पार्टीको आन्तरिक कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार सुर्खेत आएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘एमसिसीबारे समस्याले देशमा गम्भीर प्रकृतिको असर पर्छ कि भन्ने जुन चिन्ता सर्वत्र छाएको थियो, हामीले अन्ततः सकारात्मक, रचनात्मक र बुद्धिमतापूर्ण तरिकाले समाधान निकाल्यौं, यसले अहिलेको हाम्रो गठबन्धन जोगिएको छ।’

प्रतिक्रिया दिनुहोस्