समाचार

यी प्रदेशमा मतगणना हुँदै, कसले मार्ला बाजी ?

२६ फाल्गुन २०७८, बिहीबार ००:५६
यी प्रदेशमा मतगणना हुँदै, कसले मार्ला बाजी ?

एजेन्सी । भारतका ५ प्रदेशमा भएको विधानसभा चुनावअन्तर्गत आज मतगणना हुँदैछ ।उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरमा भएको विधानसभा चुनावको मतगणना हुँदैछ ।

जनमत कैद भएका इलेक्ट्रोनिक भोटिङ मशिन बिहीवार बिहान खुल्दैछन् । मतदान सकिएपछि राजनीतिक दलका कार्यकर्ताले मशिनको रेखदेख गरिरहेका थिए ।चुनावी सर्वेक्षणले उत्तर प्रदेश र उत्तराखण्डमा भारतीय जनता पार्टी (भाजपा) र पञ्जाबमा आम आदमी पार्टी (आप) ले जित्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्