समाचार

रुसी तेल आयातमा प्रतिबन्ध लगाउँदै अमेरिका

२४ फाल्गुन २०७८, मंगलवार १५:२६
रुसी तेल आयातमा प्रतिबन्ध लगाउँदै अमेरिका

२४ फागुन, एजेन्सी। अमेरिकाले रुसी तेल आयातमा प्रतिबन्ध लगाउने भएको छ। राष्ट्रपति जो बाइडेनले अमेरिकामा रुसी तेल आयात रोक्ने घोषणा आजै गर्नै बताइएको छ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार बाइडेनले मंगलबार सम्बोधन गर्ने कार्यक्रम छ। रुसले युक्रेनमाथि आक्रमण गरेको प्रतिक्रियास्वरुप अमेरिकाले मस्कोमाथि अनेकौँ प्रतिबन्ध लगाएको छ।

रुसी तेल आयात रोक्न बाइडेनमाथि अमेरिकी सांसदहरुले दबाब दिँदै आएका छन्।  युरोपमा पनि रुसी तेल आयातमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ। तर, तेल रोकिए ग्यास आपूर्ति समेत रोकिदिने धम्की रुसले दिएको छ। युरोपले आयात गर्ने ग्यासको ४५ प्रतिशत हिस्सा रुसबाट आपूर्ति हुन्छ।

युद्धका कारण रुसी इन्धन आपूर्ति रोकिए विश्वभरको अर्थतन्त्रमा त्यसको असर पर्ने बताइएको छ। रुसी इन्धनको विकल्प खोज्ने प्रयासमा पश्चिमा मुलुकहरु लागेका छन्।  हालै आफैँले नाकाबन्दी लगाएको भेनेजुएला पुगेर अमेरिकी अधिकारीहरुले तेल आयातका विषयमा कुराकानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्