समाचार

सरस्वती नगरमा भीषण आगलागी

२४ फाल्गुन २०७८, मंगलवार १५:१९
सरस्वती नगरमा भीषण आगलागी

२४ फागुन, काठमाडौँ। काठमाडौँको सरस्वती नगरमा एक सिरक डस्ना बनाउने कारखानामा आगलागी भएको छ। मंगलबार साँझ साढे ७ बजेतिर आगलागी सुरु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

आगो निभाउन सुरक्षाकर्मी, दमकल र स्थानीय खटिएका छन् । साढे ८ बजेसम्म आगलागी नियन्त्रणमा आइसकेको छैन । पसल सञ्चालक रहिस मन्सुरीले करिब १० लाख बराबरको क्षति भएको अनुमान गरिएको बताए । मन्सुरी भारतको बिहारका हुन् । आगलागीमा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्