समाचार

एमालेबाट निर्वाचित उपाध्यक्ष पार्टीबाट निष्कासित

२४ फाल्गुन २०७८, मंगलवार १५:०७
एमालेबाट निर्वाचित उपाध्यक्ष पार्टीबाट निष्कासित

बैतडी: नेकपा एमालेबाट निष्कासित शविनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले एमालेलाई सामन्तवादीको संज्ञा दिएकी छिन् ।

२०७४ सालको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना लागि आजको दिन ऐतिहासक भएको बताएकी छन् । उनले आफूले सामन्तवादीहरूको शोषणबाट मुक्त पाएको दिन भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन् । उनले फेसबुकमा लेखेकी छन् ‘ऐतिहासिक दिन, सामन्तवादीहरूको शोषणबाट मुक्ति पाएको दिन ।’

प्रतिक्रिया दिनुहोस्