समाचार

काँग्रेसको सभापति मतगणना सुरु, परियारलाई पछि पर्दै यादव अघि

२४ फाल्गुन २०७८, मंगलवार १०:५३
काँग्रेसको सभापति मतगणना सुरु, परियारलाई पछि पर्दै यादव अघि

२४ फागुन, धनुषा।नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशन अन्तर्गतको मतगणना सुरु भएको छ । सबै पक्षसँगको बैठकबाट निर्धारण गरिएको मापदण्ड अनुरुप सहमति भएपश्चात मतगणना सुरु भएको थियो ।

धनुषा काँग्रेसको सभापति पदमा तीन जना मध्ये दुई जनाको कडा प्रतिस्पर्धा चलिरहेको छ । धनुषा काँग्रेसको निर्वाचनमा ३ हजार १७३ मतदाता छन् भने २ हजार ९१२ मत खसेको छ । २६१ मतदाता भने निर्वाचनमा सहभागी भएनन् ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म सन्तोष यादवले २१५, योगेन्द्र पजियार १९४ र दिनेशप्रसाद यादव प्रसैलाले ५९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्