मनोरञ्जन

पल शाहलाई आखिर किन लगियो तनहुँबाट पूर्वी नवलपरासी ?

२४ फाल्गुन २०७८, मंगलवार १०:२३
पल शाहलाई आखिर किन लगियो तनहुँबाट पूर्वी नवलपरासी ?

२४ फागुन, काठमाडौं। एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा नायक पल शाहलाई पूर्वी नवलपरासी लगिएको छ।

पूर्वी नवलपरासीमा पनि किशोरीले जाहेरी दिएका कारण उनलाई थप अनुसन्धानका लागि नवलपरासी लगिएको हो।शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट ल्याइसकिएको र उनीमाथि बयान लिने कार्य सुरु गरिने बताए।

जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि उजुरी परेको थियो।

गत फागुन १६ गते गैंडाकोटमा पीडित किशोरीले शाहविरुद्ध जाहेरी दिएकी थिइन्। पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर विभिन्न ठाउँमा पटक पटक जबर्जस्तीकरणी गरेको उजुरीपत्रमा आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्