समाचार

एमसीसीबारेको भ्रम चिर्न गाउँसम्म अभियान चलाउँदै कांग्रेस

२४ फाल्गुन २०७८, मंगलवार ०७:५९
एमसीसीबारेको भ्रम चिर्न गाउँसम्म अभियान चलाउँदै कांग्रेस

२४ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना एमसीसीबारे जनतामा छरिएका भ्रम चिर्न अभियान चलाउने भएको छ।

‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर कांग्रेसले एमसीसीबारे जनतामा छरिएका भ्रम बुँदागत रुपमा चिर्ने तयारी गरेको हो। फागुन २९ गतेबाट सुरु हुन लागेको एक महिने अभियानका लागि कांग्रेसले आठ वटा उद्देश्य तय गरेको छ।

आठौँ उद्देश्यमा भनिएको छ, ‘करिबकरिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी कांग्रेस नेतृत्वको वर्तमान सरकारले संसदबाट पारित गरेको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम बुँदागत रुपमा चिर्दै वास्तविकता प्रष्टसँग राख्ने।’

प्रतिक्रिया दिनुहोस्