समाचार

एमाले परित्याग गरि गाउँपालिकाका अध्यक्षसहित २ सय नेता कार्यकर्ता कांग्रेस प्रवेश

२४ फाल्गुन २०७८, मंगलवार ०५:५६
एमाले परित्याग गरि गाउँपालिकाका अध्यक्षसहित २ सय नेता कार्यकर्ता कांग्रेस प्रवेश

२४ फागुन, सिन्धुपाल्चोक । जिल्ला अध्यक्ष हुन नपाएपछि नेकपा एमाले छाडेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् ।

 नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका क्षेत्री एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार पार्टी प्रवेश गराएका हुन् ।

एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै क्षेत्रीले केही समयअघि नेकपा एमाले छाडेको घोषणा गरेका थिए ।  क्षेत्रीसहित एमालेका जिल्ला कमिटी सदस्य सुभाष सुन्दाससहित करिब २ सय नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेको केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जानकारी दिए ।

क्षेत्री एमाले जिल्ला अध्यक्षका दाबेदार थिए । जिल्ला अध्यक्षमा यसअघिका सचिव कमल नेपाल चुनिएपछि क्षेत्रीले एमाले छाड्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्