समाचार

अध्यक्ष प्रचण्ड ‘ब्याक’, छोरी-ज्वाइको नाम अनुमोदन भएन

२३ फाल्गुन २०७८, सोमबार १५:५६
अध्यक्ष प्रचण्ड ‘ब्याक’, छोरी-ज्वाइको नाम अनुमोदन भएन

२३ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रलाई आन्तरिक कलह व्यवस्थापनमा सकस भएको छ । पार्टीभित्र देखिएको शक्ति संघर्ष र फरक मत सम्बोधन गर्दै केन्द्रीय कमिटी विस्तार, पदाधिकारी चयन लगायतमा सकस बढेको हो ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यका लागि प्रस्तावित ९७ मध्य ५० जनाको मात्रै नाम अनुमोदन भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरी-ज्वाइ गंगा दाहाल र जीवन आचार्यसहित ९७ जनाको नाम प्रस्ताव गरेका थिए ।

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बैठकमै ‘एनआरएनले एक पटकको नेपाल सधैँ नेपाली भनेझैं माओवादीमा एक पटक वरिष्ठ भइसकेको नेता सधैँ वरिष्ठ हुने हो ?’ भन्दै प्रश्न गरेका थिए ।

विवाद बढेपछि अध्यक्ष प्रचण्ड ‘ब्याक’ हुँदै वैकल्पिकसहितका केन्द्रीय सदस्यको नाम पछि टुंग्याउने निर्णयमा पुगेका थिए । माओवादी केन्द्रको केन्द्रीय कमिटीको अर्को बैठक आगामी जेठ २० गते बस्ने भएको छ । सो बैठकले नै पदाधिकारी, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन गर्ने जनाइएको छ ।

माअ‍ेवादीले जम्मा केन्द्रीय सदस्यको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य बनाउने समेत निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्