समाचार

सुन भित्र रुस र युक्रेनको युद्ध छिरेपछि…

२३ फाल्गुन २०७८, सोमबार ०५:३८
सुन भित्र रुस र युक्रेनको युद्ध  छिरेपछि…

२३ फागुन, काठमाडौँ । केहि दिन यता रुस र युक्रेनको युद्धको कारण नेपाली बजारमा दिनप्रति दिन सुनको भाउ  बढेको छ ।

आइतबार प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ सोमबार १ हजार १ सयले बढेर एक लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको एक लाख २ हजार ५०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

यसैगरी आज चाँदीको मुल्य पनि प्रति तोलामा १० रुपैँयाको दरले बढेको छ  । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्