समाचार

चार जिल्लामा कांग्रेस अधिवेशन हुँदै

२३ फाल्गुन २०७८, सोमबार ०५:०३
चार जिल्लामा कांग्रेस अधिवेशन हुँदै

२३ फागुन, काठमाडौं । मधेस प्रदेशका चार जिल्लामा आज नेपाली कांग्रेसले अधिवेशन गर्दैछ। सर्लाही, रौतहट, धनुषा, र सिराहामा आज अधिवेशन हुने कांगेसले जनाएको छ।

नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६९ जिल्लामा अधिवेशन गरेर नयाँ नेतृत्व ल्याएको छ। बाँकी ८ जिल्लामा पनि अधिवेशनका तयारी भइरहेका छन्। आज अछाममा दोस्रो चरणमा मतदान गर्ने तयारी छ। यहाँ पहिलो चरणमा सभापतिका लागि तीन जना उम्मेदवार थिए कसैले पनि ५१ प्रतिशत मत ल्याएनन्।

रौतहटमा संस्थापन पक्षबाट सुनिल यादव र संस्थापनइतरबाट हृदयनारायण यादव सभापति उठ्ने तयारीमा छन्। त्यस्तै सिराहामा संस्थापन पक्षबाट रामचन्द्र यादव र संस्थापनइतरबाट रामसुन्दर चौधरीबी सभापति पदमा प्रतिस्पर्धा हुने देखिएको छ।

धनुषामा भने सभापतिका तीन जना उम्मेदवार हुने देखिएको छ। विमलेन्द्र निधिको गृहजिल्ला धनुषामा निधि पक्षबाट योगेन्द्र पञ्जियार सभापति उठ्ने तयारीमा छन्। संस्थापन पक्षले सन्तोष यादव र संस्थापनइतरले दिनेश यादवलाई सभापतिको उम्मेदवार बनाउने भएका छन्।

सर्लाहीमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतरबाट लक्ष्मण राय यादव सभापति पदका लागि चुनावी मैदानमा छन्। त्यस्तै सिराहामा संस्थापन पक्षबाट रामचन्द्र यादव र संस्थापनइतरबाट रामसुन्दर चौधरीबी सभापति पदमा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्