समाचार

भालेबाँसमा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु

२२ फाल्गुन २०७८, आईतवार १५:४१
भालेबाँसमा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवलः बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तानसेन नगरपालिका ८ स्थित भालेबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा माथागढी गाउँपालिका–२ खहरेका २७ वर्षीय ऋषिकेश सारू रहेका छन् ।

आइतबार दिउँसो बुटवलबाट पाल्पातर्फ आइरहेको लु २ ख ८३५ नम्बरको बसले पाल्पाबाट बुटवलतर्फ गइरहेको लु ७७ प २२०२ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक सारू गम्भीर घाइते भएका थिए ।

बसको ठक्करबाट स्कुटी चालक गम्भीर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्