समाचार

युट्युब च्यानल पनि अब दर्ता हुनुपर्ने

२२ फाल्गुन २०७८, आईतवार १५:२९
युट्युब च्यानल पनि अब दर्ता हुनुपर्ने

२२ फागुन, काठमाडौं।सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो ।

राष्ट्रिय प्रशारण नियमावलीमा ११ औँ संशोधनमा इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि इजाजत लिनुपर्ने व्यवस्था गरिएको हो । युट्युबसहित भिडियो स्ट्रिमिङ प्लेटफर्महरूलाई नियमन गर्नुपर्ने आवाज उठिरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले युट्युब र त्यस्तै प्रकृतिका अन्य प्रसारणलाई पहिलोपटक कानुनी दायरामा ल्याएको हो ।

नियमावलीले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायतका विभिन्न ‘ओटीटी प्लेटफर्म’का साथै इन्टरनेट मार्फत नियमित रुपमा श्रव्य दृश्य कार्यक्रम प्रशारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरेको छ । संशोधित नियमावलीको नियम २ को उपनियम २ मा गरिएको परिभाषाअनुसार कुनै कार्यक्रम डीटीएच केवल वा उपग्रह टेलिभिजनको माध्यम प्रयोग नगरी इन्टरनेटमार्फत गराइने सेवालाई ओटीटी भनिएको छ भने त्यसले इन्टरनेटमार्फत अरु प्लेटफर्म माथिको मिडियो स्ट्रिमिङ सेवा समेतलाई जनाउने उल्लेख छ । त्यस्तै इन्टरनेट मार्फत आफैंले उत्पादन गरी नियमितरुपमा श्रव्यदृश्य कार्यक्रम प्रशारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनको रुपमा परिभाषित गरेको छ ।IFrame

प्रतिक्रिया दिनुहोस्