राजनीति

संसदमा अवरोध गर्ने, महाभियोग प्रक्रियामा सामेल हुने यो कस्तो नीति- भिम रावल

२२ फाल्गुन २०७८, आईतवार १५:०८
संसदमा अवरोध गर्ने, महाभियोग प्रक्रियामा सामेल हुने यो कस्तो नीति- भिम रावल

२२ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद्‌मा जारी राखेको अवरोधलाई लिएर पार्टीभित्रै प्रश्न उठाउँदै आएका भीमबहादुर रावलले महाभियोग सिफारिस समितिमा सहभागी हुने निर्णयमाथि प्रश्न उठाएका छन् ।

यो कुन नीति हो, संसद अवरोधको औचित्य के भनेर प्रश्नसमेत गरेका छन्। एमसीसीमा बोल्दा हिरो बन्यो भनेर बोल्न हुन्न भन्ने र महाभियोग प्रक्रियामा कुन नीतिले सामेल भएको भनेर उनले प्रश्न तेर्स्याएका छन्।

आइतबार प्रतिनिधि सभाले गठन गरेको महाभियोग सिफारिस समितिमा विष्णु पौडेलसहित एमालेका चार सांसद पनि अटाएका छन्। जसलाई एमालेले समर्थन गरिसकेको छ। निरन्तर संसद् अवरोध गरिरहेको एमालेले समितिमा सहभागिता जनाउनुलाई संसदीय प्रक्रियामा भाग लिएको रुपमा सत्तापक्षले बुझिरहेको छ। यद्यपि, एमाले प्रमुख सचेतक विशाल भट्टराईले यसलाई अस्वीकार गरेका छन्।

आइतवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता रावलले अब संसद अवरोध के भयो त भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्,’नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्र.न्या. चोलेन्द्र विरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो? कसरी बुझ्ने?संसद अवरोध के भयो त अब ?’

प्रतिक्रिया दिनुहोस्