समाचार

सुन भित्र रुस र युक्रेन छिर्‍यो

२२ फाल्गुन २०७८, आईतवार १०:०१
सुन भित्र रुस र युक्रेन छिर्‍यो

२२ फागुन, काठमाडौँ । हप्ताको पहिलो दिनै दुई हजार रुपैयाँले बढेकाे छ ।

आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ ।

त्यस्तै चाँदीको मुल्य पनि प्रति तोलामा ३५ रुपैँयाको दरले बढेको छ  । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्