मनोरञ्जन

पल शाहलाई थप १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

२२ फाल्गुन २०७८, आईतवार ०९:३७
पल शाहलाई थप १४  दिन हिरासतमा राख्न अदालतको अनुमति

२२ काठमाडौं ।बलात्कार आरोपित पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

अभिनेता शाहलाई आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि थप १४ दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो। नाबालिग गायिकाले जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले खोजि गरेको थियो। गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्