समाचार

युक्रेनका राष्ट्रपति जेलेन्स्की: रुसविरुद्ध लडाइँ जारी राख्न आफ्ना जनतालाई अपिल

२२ फाल्गुन २०७८, आईतवार ०९:१३
युक्रेनका राष्ट्रपति जेलेन्स्की: रुसविरुद्ध लडाइँ जारी राख्न आफ्ना जनतालाई अपिल

एजेन्सी । रुसका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनका जनतालाई रुसको हमलाविरुद्ध लडाईं जारी राख्न अपिल गरेका छन् ।

जनतामा उत्साह बढाउँदै उनले अब जवाफ दिने समय आएको बताए। ‘तपाईंहरु बाहिर आउनु पर्छ र यो दुस्मनलाई आफ्ना शहरहरूबाट बाहिर फाल्नुपर्छ’, उनले भने।

उनले भने, ‘तपाईंहरु बाहिर निस्कन र यो खराबीलाई आफ्नो शहरबाट बाहिर फ्याँक्न आवश्यकता छ । तर यसका साथै उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग युक्रेनलाई थप लडाकू विमान दिन अपिल पनि गरे । उनले अमेरिकासँग रुस समर्थित लडाकू विमान दिन अनुरोध गरे । यी विमानलाई युक्रेनका पाइलटले पनि चलाउन सक्ने कुरालाई उनले जानकारी दिए ।

युक्रेनलाई मिग लडाकू विमान प्रदान गर्नका लागि अमेरिकी अधिकारी पोल्याण्डका नेताको सम्पर्कमा भएको बताइन्छ । योसँगै उनले युक्रेनलाई थप लडाकु विमान उपलब्ध गराउन अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अपिल गरेका छन्। उनले अमेरिकालाई रुसी निर्मित लडाकु विमान उपलब्ध गराउन आग्रह गरेका छन्। यी विमानहरू युक्रेनी पाइलटहरूले सञ्चालन गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्