समाचार

नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बन

२२ फाल्गुन २०७८, आईतवार ०८:५०
नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बन

२२ फागुन, काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनको निलम्बनको सूचना सुनाएका थिए। उनलाई प्रहरीले फागुन १६ गते पक्राउ गरि अनुसन्धान गरिरहेको छ।  एमाले सांसद बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोपमा उजुरी दिएकी थिइन्।

हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्