समाचार

प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध सकियो, अर्को बैठक फागुन २९ गते

२२ फाल्गुन २०७८, आईतवार ०८:४५
प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध सकियो, अर्को बैठक फागुन २९ गते

२२ फागुन, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सुरु सकिएको छ। अर्को बैठक फागुन २९ गते बस्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिए।

आज (आइतबार) केही बेर बसेको बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको छ। आइतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं प्रतिवेदन पेस भएको छ।

आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्