समाचार

प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था समितिको बैठक

२२ फाल्गुन २०७८, आईतवार ०३:२७
प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था समितिको बैठक

२२ फागुन, काठमाडौं। प्रतिनिधिसभाकाे बैठक आज आइतबार दिउँसाे बस्दैछ । दिउँसाे १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन्। संसद बैठक अघि सभामुख अग्नि सापकाेटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बाेलाएका छन् । प्रमुख प्रतिपक्ष एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्